नेपालगन्ज: नेपाली काँग्रेस बाँकेले सूचना प्रबिधी विधेयकप्रति विरोध जनाएकोछ । बाँके काँग्रेस सभापती किरण कोइरालाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
विधेयकको प्रावधानले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने प्रयत्न गरी निरंकुशता लात्दै स्वेच्छाचारी कदमतर्फ सरकारको पाईला बढाउन थालेको बाँके काँग्रेसद्वरा बुझाइएको ज्ञापन पत्रमा भनिएको छ ।
सरकारले संसदमा प्रस्तुत गरेको विशेष सेवा गठन र सञ्चालन सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको बिधेयक तथा संसदको विकास तथा प्रविधी समितिबाट बहुमतका नाममा पारित सूचना प्रबिधी विधेयकप्रति नेपाली काँग्रेस बाँकेले गम्भीर ध्यान आकृष्ट भएको जनाएको छ ।
बाँके सभापती कोइरालाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई पठाएको ज्ञापन पत्रमा बुझाउदै बिधेयकलाई तत्काल सच्याएर संबिधानको मर्म र भावना अनुरुप ल्याउन माग गरिन । उनले विधेयक तत्काल नसच्चाए बाँके काँग्रेस आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिइन् ।
ज्ञापन पत्र बुझाउन पूर्व सासंद बादशाह कुर्मी, अब्दुल हमिद सिद्दिकी, जिल्ला सचिव तप्त पौडेल, कपिल शर्मा, निजामुद्दिन सिद्दिकी, वडा नम्बर १२ का अध्यक्ष बुद्धिसागर बस्नेत, वडा नम्बर २ का अध्यक्ष सुनिल सिंह हमाल, डाक्टर सुरेश कनोडिया, बुथ सभापती अनिल श्रेष्ठ, सुधांसु कोइराला लगायतको सहभागिता रहेको थियो ।