भ्यू टावरमा निप्सको वनभोज


भ्यू टावरमा निप्सको वनभोज

नेपालगन्ज: इन्स्योरेन्स प्रोफेसनल्स सोसाईटी नेपालले वनभोजको आयोजना गरेकोछ । सोसाईटीद्वारा बाँकेको कोहलपुर स्थित भ्यू टावरमा वनभोज गरेको हो ।

बाँकेमा रहेका बीमा कम्पनी आबद्ध कर्मचारीहरुको सहभागितामा उक्त वनभोज गरिएको इन्स्योरेन्स प्रोफेसनल्स सोसाईटी नेपाल(निप्स)का प्रवक्ता सिद्धार्थजंग शाहले जानकारी दिए ।

उनका अनुसार विभिन्न बीमा कम्पनीमा कार्यरत कर्मचारीबीचको सम्बन्ध विस्तार तथा बीमा क्षेत्रको कार्यानुभव आदनप्रदान गर्ने उद्देश्यका साथ उक्त वनभोज गरिएको शाहले बताए ।

समयसापेक्ष बीमा कम्पनीबीच गरिने यसखाले रचनात्मक कार्यले बीमा कंपनीमा कार्यरत कर्मचारी तथा समस्या समाधनको राम्रो माध्यम बन्ने निप्सका प्रवक्ता शाहको भनाईछ ।