ब्यक्तिगत लगानीमा सरस्वतीको मन्दिर


ब्यक्तिगत लगानीमा सरस्वतीको मन्दिर

नेपालगन्ज : नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिसरमा माता सरस्वतीको मूर्तिसहित मन्दिर स्थापना गरिएको छ ।

नवनिर्मित मन्दिरको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्शेर राणाले मंगलवार उद्घाटन गरे ।

नेपालगन्जका उद्योगपति राजेश नारायण श्रेष्ठ र उनकी धर्मपत्नि अञ्जिता श्रेष्ठले आफ्ना हजुरबुवा स्वर्गीय हरिबहादुर श्रेष्ठ र हजुरआमा स्वर्गीय हिरादेवी श्रेष्ठको स्मृतिमा बागदेवी सरस्वती माताको मुर्ति स्थापना गरि लोक कल्याणका लागि समर्पित गरेका हुन् ।

बागेश्वरी मन्दिर परिसरको पूर्वपट्टि सरस्वतीको मन्दिर स्थापना गरिएकोछ । सरस्वतीको आकर्षक मुर्ति भारतको राजस्थानमा निर्माण गरिएको हो । धार्मिक कार्य भएका कारण मन्दिरको लागत श्रेष्ठले खुलाएका छैनन् ।

बुवाको ईच्छाअनुसार नै सरस्वतीको मन्दिर निर्माण गरिएको उनले बताए ।