अधिवेशनमा जुट्यो प्रेस यूनियन


अधिवेशनमा जुट्यो प्रेस यूनियन

नेपालगन्ज: नेपाल प्रेस युनियनको नवौं केन्द्रिय महाधिवेशन नेपालगन्जमा हुने भएसँगै युनियनको बाँके शाखा पनि जिल्ला अधिवेशको तयारीमा जुटेको छ ।

युनियनको केन्द्रीय कार्य समितिले केन्द्रीय महाधिवेशन आगामी चैत्रमा नेपालगन्जमा गर्ने निर्णय गरेपछि बाँके शाखा पनि जिल्ला अधिवेशनका लागि तयारीमा जुटेको हो ।

अधिवेशन तयारीका लागि बुधबार युनियन बाँकेका अध्यक्ष जयनारायण शाहको अध्यक्षतामा कार्य समिति बैठक बसि पहिलो चरणमा सामान्य छलफल गरेको छ । बिहीबार पुनः बैठक बस्ने र बाँकेको जिल्ला अधिबेशनका लागि मिति तय गर्ने योजना रहेको युनियन बाँकेका सचिव अर्जुन ओलीले जानकारी दिए ।

युनियनको केन्द्रीय बैठकले आगामी चैत २१ र २२ गते नेपालगन्जमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

उक्त बैठकले अधिवेशन नगरेका जिल्ला शाखालाई यही माघ मसान्तभित्रमा सम्पन्न गरिसक्न अन्तिम समय दिएको छ । जसमा बाँके शाखा पनि पर्छ । महाधिवेशनको तयारी गर्नुपर्ने भएको हुँदा बाँके शाखाको अधिवेशन छिट्टै गर्नुपर्ने देखिएको छ ।

माघ मसान्तभित्र अधिवेशन नगर्ने शाखाले चैत तेस्रो साता हुने महाधिवेशनमा भाग लिन नदिने बैठकले निर्णय गरेको छ ।