नेपालगन्ज : बाँकेमा बालसुधार गृहको अवस्था दयनिय रहेको खबर सार्वजनिक भएसँगै महान्यायाधिवक्ता अग्नी खरेलले बिहीबार सुधार गृहको अवलोकन गरेका छन् ।
बाँकेको डुडुवा गाउँपालिकास्थित आसमानपुरमा रहेको बालसुधार गृहमा पुगेर महान्यायाधिवक्ता खरेलले उक्त गृहको अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा बाल सुधार गृहमा सरकारी कोटाका शिक्षक नभएको कारण यहाँ तत्काल उक्त कोटामा शिषक व्यवस्थापन गर्न महान्यायाधिवक्ताले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई निर्देशन दिएका छन् । उक्त बाल सुधार गृहमा अहिले ३३ जना बालबालिका रहेका छन् ।