नेपालगन्ज:बाँकेको नेपालगन्ज विमानस्थलमा निर्माण भएको मानविय सहायता स्थलको बिहीबार उद्घाटन गरिएको छ । प्रस्तावित लुम्बिनी प्रदेश अन्तर्गत बाँके र बर्दियालाई लक्षित गरि निर्माण गरीएको उक्त सहायता स्थलको गृह मन्त्रालयका गृहसचिब प्रेम कुमार राई र नेपालका लागि बेलायती राजदुत मिकोला पोलिटले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
नेपाल बिपदको उच्च जोखिममा रहेको हुँदा यस्ता बिपद स्थलले यस क्षेत्रको विपद ब्यवस्थापनमा सहयोगी भुमिका खेल्ने बेलायती राजदुत मिकोलाले बताए ।
बिगतमा कर्णाली, बबई, राप्ती र भेरी नदिमा आएको बाढिका कारण धरै जनधनको क्षति भएको तर्फ ईगित गर्दै मिकोलाले विमानस्थलमा स्थापना गरीएको सहायता स्थल धेरै महत्वपुर्ण रहेको जिकिर गरेका थिए ।
काठमाडौँ, धनगढीपछि स्थापना भएको सहायता स्थल नेपालगन्जमा तेस्रो रहेको गृह सचिव राईले बताए । सात वटै प्रदेश र सबै दुर्गम बिमानस्थल रहेको ठाउमा गरि १२ वटा सहायता स्थल निर्माण गर्ने योजना रहेको राईले जनाए । राईले सहायता स्थल निर्माण भएपनि कर्मचारी ब्यबस्थापनमा समस्या रहेको हुदा यथासिघ्र सबै ठाँउमा कर्मचारी ब्यबस्थापन प्रक्रिया अगाडी बढाईने बताए । सबै स्थानिय तहहरु प्रत्यक्ष जोडिने भएको हुदा सबै तहरुले यस स्थलको उपयोग गर्न सक्ने राईले स्पष्ट पारेका थिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बाँके जिल्ला बिपदको जोखिममा रहेको हुदा मानबिय सहायता स्थल निर्माण पश्चात केहि सहजता पक्कै आउने भन्दै स्थापन गर्न मुख्य भुमिका खेल्ने नेपाल सरकार र बिभिन्न संघ संस्थालाई धन्यवाद समेत दिएका थिए ।
उनले जिल्लामा हुने बिपद न्युनिकरणका लागि सहायता कक्षको भुमिका महत्वपुर्ण रहने विश्वास व्यक्त गरेका छन् । मानबिय सहायता स्थलमा बिपदका बेला आबश्यक पर्ने कन्टेनर, बिपद सामाग्रीहरु रहेका छन । जहाँ विकट पहाडी जिल्लामा केहि समस्या भएको खण्डमा पनि यहाँ बिभिन्न समाग्रीहरु भण्डारण गर्न सकिने ब्यवस्था समेत गरिएको छ ।