बालविवाह विरुद्ध र्याली


बालविवाह विरुद्ध र्याली

नेपालगन्ज : वडामा ब्याप्त बालविवाह समस्या समाधानका लागि जनचेतनामुलक र्यालीको निकालिएकोछ । वडा स्तरीय बालक्लब सञ्जाल वडा नम्बर १४, को आयोजनामा बालविवाह विरुद्धको जनचेतनामुलक र्याली निकालेको हो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ को सहकार्यमा निकालिएको जनचेतनामुलक ¥यालीले वडाका विभिन्न स्थानको परिकर्मा गरि कोण सभामा परिणत भएको थियो ।

वडा स्तरीय बालक्लब सञ्जालका अध्यक्ष कृष्णकान्त बर्माको अध्यक्षतामा भएको कोण सभामा बोल्दै बालविवाह विरूद्धको अभियानमा बालक्लबहरुको सक्रियता बढ्दै गएकाले बालविवाहका घटनामा कमी आएको नगर बालक्लब सञ्जालका अध्यक्ष अंकित मिश्रले बताए ।

यस्तै कार्यक्रममा विद्यालयका शिक्षक देवीप्रसाद मिश्र, नेपाल युवा परिषद प्रदेश नम्बर ५ का संयोजक सोम गुरुङ, बालअधिकारकार्मी दशरथप्रसाद कोरी, अजय बर्मा, प्रकाश कुवँर लगायतले बाल विवाहको बिरूद्धको अभियानमा घरबाटै साथ र सहयोग हुनुपर्नेमा जोड दिए ।