नेपालगन्ज: शिक्षकहरुका लागी प्रारम्भिक सिकाई पढाई सन्दर्भ सामाग्री निमार्ण र प्रयोग सम्बन्धी ३ दिने तालिम शुरु भएकोछ । बैजनाथ गाँउपालिकामा शनिबारदेखि उक्त तालिम शुरु गरिएको हो ।
लैगिंक रुपान्तरण तथा समाबेशि शिक्षा परियोजना अन्र्तगत बैजनाथ गाँउपालिकाका बिभिन्न वडाका बाल बिकास केन्द्र देखि कक्षा ३ सम्मका कक्षा शिक्षकहरुलाई लक्षित गरि उक्त तालिम सञ्चालन गरिएको छ ।
गाँउपालिकाका विभिन्न सामुदायिक बिद्यालयका १८ जना कक्षा शिक्षकहरुको सहभागीता रहेको उक्त तालिमलाई प्लान इन्टरनेशनल नेपाल र स्याक नेपाल बाँकेको साझेदारि तथा बैजनाथ गाँउपालिका शिक्षा शाखाको समन्वयमा आयोजना गरिएको हो ।
तालिममा सेतोगुराँस बाँकेकी प्रशिक्षक रीनु शेरचन र परियोजना अधिकृत कल्पना अधिकारी र स्याकका सिनियर सुपरभाइजर लक्ष्मी प्रसाद शर्माले प्रशिक्षण दिनेछन् ।
तालिम उद्घाटन शत्रमा बोल्दै बैजनाथ गाँउपालिका शिक्षा शाखा प्रमुख बिश्वराज ढकालले बिधालय तहमा दिइने शैक्षिक गतिबिधिहरुलाई बाल केन्द्रित गर्न सके बिधालयको शिक्षा गुणस्तर बृद्धि गर्न सकिने बताए । बिधालय तहमा पनि घरपरिवारको वातावरणमा पठनपाठन गराउन सके विद्यार्थीको ब्यबहार र धारणमा परिर्वतन हुने उनले बताए ।
तालिममा सिकेका कुरा कक्षाकोठामा प्रयोग गर्न सके बालकेन्द्रित मैत्री कक्षाकोठा बनाउन सकिने बताउदै तालिमको उद्देश्यमाथि संस्थाका अध्यक्ष शिवलाल पाण्डेले बताए ।
कार्यक्रममा परियोजना अधिकृत कल्पना अधिकारीले सञ्चालन गरेका थिए । शिक्षक निर्देशिका, पाठेक्रम र पाठे पुस्तकमा भएका बिषयबस्तुसंग मिल्ने र बालमैत्री पठन सामाग्री निर्माण गर्ने, छापामय कक्षा कोठा व्यवस्थापन गराउन, लैगिंक मैत्री तथा बाल मैत्री शैक्षिक सामाग्री निमार्ण लगायतका विषयमा सहजिकरण हुने प्रशिक्षक एवंम स्याकका सिनियर सुपरभाइजर लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।