राप्तीसोनारी (बाँके) : बालविवाह विरुद्ध किशोरीहरुले घरदैलो अभियान चलाएकाछन् । बाँकेको राप्तीसोनारी गाउँपालिका स्थित समाबेशी किशोरी क्लबले बालविबाह बिरुद्धको घरदैलो अभियान चलाएका हुन् ।
सचेतनामुल अभियान अन्तरगत गाउँपालिकाको सोनपुर बस्तीमा सोमबार घरदैलो गरिएकोछ । क्लवका अध्यक्ष लोकमाया परियारको नेतृत्वमा क्लबका किशोरीले घरदैलो गर्दै बालविवाह विरुद्ध वडाबासीलाई सचेत गराएका थिए ।
अध्यक्ष परियारका अनुसार घरदैलोका क्रममा वालबिवाहका नकारात्मक प्रभाव, यसको कानूनी प्राबधान, बालअधिकार लगायतका विषयमा समुदायलाई सुसुचित पार्ने कार्य गरेको बताईन ।
समाबेशी किशोरी क्लब, प्लान ईन्टरनेशनल नेपाल तथा स्याक नेपालको साझेदारीम ा बालबिवाह रोकथामका लागि किशोरीहरुले बाल बिबाह बिरुद्धको बिभिन्न अभियानहरु सञ्चालन गर्ने गरेकाछन् ।
किशोरी क्लबमार्फत बालविवाह विरुद्ध सचेतना ¥याली, सडक नाटक, लगायतका गतिविधिबाट सरोकारवालालाई दबाबसिर्जना गरिरहेको क्लवकी उपाध्यक्ष प्रेमकला गोसार्इं बताँउछिन् ।
क्लवका उपाध्यक्ष गोसाईंका अनुसार घरदैलो अभियानलाई पालिकाका सबै वडामा सञ्चालन गर्ने बताईन् । बालविवाहा न्यूनिकरणका लागि किशोरी क्लबले थालेको घरदैलो अभियानलाई जनप्रतिनिधी, प्रहरीले साथ समेत दिएकाले अभियान प्रभावकारी भएको समाबेशी किशोरी क्लबका अध्यक्ष लोकमाया परियार बताउँछिन् ।