नेपालगन्ज : लैगिक रुपान्तरण तथा समावेशि शिक्षा परियोजना अन्र्तगत परियोजना कर्मचारीलाई तालिम प्रदान गरिएकोछ । सुरक्षित विद्यालय, प्रारम्भिक कक्षा पढाई विश्लेषण सम्बन्धि परियोजनाका कर्मचारीलाई क्षमता अभिबृद्धि तालिम प्रदान गरिएको हो ।
बर्दियाको ठाकुरबावा नगरपालिका वडा नम्बर ९, ठाकुरद्वारामा सञ्चालित दुईदिने उक्त तालिमको शनिबार समापन गरिएकोछ । परियोजनामा भएका कृयाकलापलाई परियोजना सञ्चालन भएका कार्यक्षेत्रमा सञ्चालन तथा कार्यान्वयनका लागी सहयोगी भूमिका हुने उद्देश्यका साथ तालिम आयोजना गरिएको स्याकका सिनियर सुपरभाइजर लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।
तालिम अवधिमा सुरक्षित बिद्यालय बनाउनका लागी भूकम्पीय प्रतिरोधात्मक कार्यबिधी, बिद्यालय सुरक्षा कार्यबिधी, सुरक्षित बिद्यालय बनाउनका लागी आवश्यक नीतिगत ब्यवस्था तथा परियोजनाको लक्ष्य उद्देश्य माथि छलफल गरिएको थियो ।
समापन समारोहमा स्याकका अध्यक्ष शिवलाल पाण्डे, प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगन्जका संजिबकुमार जोशी, परियोजना अधिकृत कल्पना अधिकारी लगायतले बोलेका थिए ।
तालिममा शिक्षा शाखाका खगेन्द्र मल्ल तथा प्लान इन्टरनेशनल नेपालका शिक्षा संयोजक संजिवकुमार जोशीले सहजिकरण गरेका थिए ।