नेपालगन्ज: गोरखा युनाईटेड पब्लिक स्कुल, कोहपुर बाँकेले १८ औं अभिभावक दिवस तथा २० औं वार्षिक खेलकुद कार्यक्रम गरेकोछ । उक्त कार्यक्रमको कोहलपुर नगरपालिकाका उप–प्रमुख सञ्जुकुमारी चौधरीले उद्घाटन गरेकी थिइन् ।
उपप्रमुख चौधरीले विद्यालयको गुणस्तरीय र ब्यवहारीक शिक्षाका लागि कोहलपुर क्षेत्रलाई देशभरि चिनाउने काम गरेको भन्दै विद्यालयको प्रशंसा गरिन् ।

विद्यालयको थप प्रगति र उन्नतीको कामना गर्दै नगरपालिकाले आवश्यक सहयोग गर्ने उप्रमुख चौधरीले बताएकी छन् । उनले संस्थागत र सामुदायिक विद्यालयको विकासमा समेत जोड दिइन् । कार्यक्रममा नर्सरी कक्षामा अध्ययनरत बालबालिकालाई तथा जेष्ठ अभिभावकलाई फलपूmल र दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।
कार्यक्रमका दौरान २०७५ सालको एसईइ र कक्षा १२ मा उत्कृट जिपिए ल्याउन सफल विद्यार्थीहरु र उनका अभिभावकहरुलाई पनि सम्मान गरिएको थियो ।
दुई चरणमा भएको कार्यक्रमा कक्षा नौ र दशका विद्यार्थीद्वारा मार्चपास गरेका थिए । भने नर्सरी देखि कक्षा आठ सम्मका विद्यार्थीले क्रमश: कविता, गित, एरोविक, योगा, जङ्क फुडको बेफाइदा, पिटि, ड्रिल, तेक्वान्दोको प्रस्तुति गर्दा कार्यक्रममा उपस्थित अभिभावकहरु मन्त्रमुग्ध पारेका थिए ।

कर्यक्रमको दोस्रो चरणमा अभिभावक र बालबालिकाहरु बिच विभिन्न रोचक खेलहरु प्रस्तृत गरिको थियो । अभिभावक र विद्यार्थीबीच भएको जियूपीएस ट्यालेण्ट हण्ट सिजन ९ को समापन गरिएको थियो । जसमा नृत्यतर्पm अमिस पौडेल, बक्तृत्वकलातर्फ छात्रा दिब्यान्सी मैनाली र हास्यब्यङग्यतर्फ छात्रा मुनम भण्डारीले उपाधि जितेका थिए ।
यस्तै विद्यार्थी र अभिभावक बिच महिला र पुरुष बिच छुट्टा–छुट्टै भलिबल, रिले, कुर्ची दौड, टग अफ वार, वेलुन दौड तथा पजल गेम समेत गरिएको थियो । भने विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।
सोही कार्यक्रममा विद्यार्थी कल्याण कोषलाई सहयोग हुने गरि भाग्योदय चिठ्ठा पनि खेलाइएको थियो । सो भाग्योदय चिठ्ठाको प्रथम पुरस्कार गोरखा युनाईटेड पव्लिक स्कुलमा कक्षा दुईमा अध्ययनरत छात्र प्रिन्स भट्टराईलाई प्रदान गरिएको थियो ।
अन्तर सदनात्मक नवौँ फाउण्डर कप प्रतियोगितामा छात्रातर्फ पहेलो सदन दोस्रो र छात्र-छात्रा दुवैतर्फ हरियो सदनले प्रथम स्थान हाँसिल गरी नगद पुरस्कार प्राप्त गरेका थिए ।

कक्षा ११ र १२ को विज्ञान र ब्यवस्थापन संकाय छात्र-छात्रा विच भएको मैत्रीपूर्ण फुटबल खेलमा छात्र-छात्रा दुवैमा ब्यवस्थापन संकायले जितेको थियो ।
यसैबिच शिक्षक तथा प्रशासनिक कर्मचारीविच भएको मैत्रीपूर्ण फुटबल खेलमा प्रशासनिक कर्मचारीले २–० को अन्तरले खेल जिति नगद पुरस्कार प्राप्त गरेको थिए ।
कार्यक्रम विद्यालय सञ्चलक समितिका अध्यक्ष केशरबहादुर आलेको सभापतित्व भएको थियो । उक्त दिवसमा नगर शिक्षा शाखा कोहलपुरका नगर शिक्षा अधिकारी, ईलाका प्रहरी कार्यालय कोहलपुरका कार्यालय प्रमुख कुलद्वीप चन्द, जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख पविन्द्र बम लगायतको सहभागिता रहेको थियो ।