नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका आठवटै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा छन् । गाउँपालिकाले स्थानीय तह संचालन ऐन २०७४ मा टेकेर सेवा प्रवाह गरिरहेको छ ।
गाउँपालिकामा शिक्षा, स्वास्थ्य, कृषिलगायतका सबै क्षेत्रमा आवश्यकताको आधारमा योजना छनोट र बजेट विनियोजन हुने गरेको छ । तर, यहाँ हुने हरेक योजनामा अनुगमन, नियमन र नियन्त्रण जरुरी रहेको गाउँपालिका अध्यक्ष किस्मत कक्षपति बताउँछन् । उनले सेवा प्रवाह पारदर्शी र जवाफदेहीतामा जोड दिएका छन् ।
स्वास्थ्य क्षेत्रमा सरोकारवालाको नियमित बैठक राखिने र आवश्यकता पहिचान गरेर सोही अनुरुप सेवा प्रदान गर्दै आएको गाउँपालिका स्वास्थ्य शाखा अधिकृत लक्ष्मी केसी बताउँछिन् ।
स्वास्थ्य क्षेत्रमा सामाजिक परिणक्षणलाई निरन्तरता दिनुपर्ने, जवाफदेहिताका औजारको कार्यान्वयन गरिनुपर्ने, औषधी खरिद प्रक्रिया सहज बनाइनुपर्ने लगायतका कुरा प्रतिवेदनले बोलेको प्याक्टका स्थानीय सहजकर्ता मन भण्डारी बताउँछन् ।
कार्यक्रममा प्याक्टका प्राविधिक सल्लाहकार दुर्लबकुमार बोगटीले खजुरामा स्वास्थ्य क्षेत्रमा गरिनुपर्ने सुधार, अध्ययनका क्रममा पाइएको तथ्य तथ्यांकसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।