नेपालगन्ज : नेपालगन्जस्थित गरूड सेक्युरिटिज प्रालिले आफनो वार्षिकोत्सवका अवसरमा वागेश्वरी मन्दिरमा सरसफाई गरेको छ । गरुडका कर्मचारीले सोमवार विहानै बागेश्वरी मन्दिर गएर फोहोर संकलन गरेका थिए ।
प्रालिको १५औं वार्षिकोत्सवका अवसरमा सरसफाई कार्यक्रम गरिएको गरुड सेक्युरिटिज प्रालि नेपालगन्जका प्रबन्धक प्रभात ढकालले बताए ।
गरुडले मिस्टर एन्ड मिस स्कुल बाँकेको आयोजक पिके इभेन्टस सहकार्य गरेर मन्दिरमा सरसफाई गरेको हो । कार्यक्रममा पिके इभेन्टका संस्थापक अध्यक्ष प्रकाश कुवरलगायतको टोली सहभागी थियो ।
गरुड सेक्युरिटिजको नेपालगन्जमा शाखामा २ सय ३९ कर्मचारी रहेका छन् । सुरक्षा व्यवस्थापन क्षेत्रमा काम गरिरहेको गरुडले सामाजिक
उत्तरदायित्व पुरा गर्ने क्रममा मन्दिरमा सरसफाई गरेको ढकालले बताए ।
गरुडको टिमले कारकादोंस्थित राधाकृष्ण मन्दिरको समेत सरसफाई गरेको छ । गरुडले सामाजिक उत्तरदायित्वअन्तर्गत अन्य सामाजिक कार्यमा समेत सहयोग गर्ने शाखा प्रबन्धक ढकालले बताए ।