क्यान्सर पीडितलाई सशस्त्रको सहयोग


क्यान्सर पीडितलाई सशस्त्रको सहयोग

नेपालगन्ज : फोक्सोको क्यान्सरबाट पीडित एक युवतीलाई ५ नम्बर प्रदेश सशस्त्र प्रहरी गण खजुराले आर्थिक सहयोग गरेको छ ।

खजुराकी २४ वर्षीय दीना परियारलाई उक्त गणले उपचार खर्चका लागि सहयोग गरेको हो । क्यान्सरको उपचारको लागी केहि महिनादेखि काठमाडौंमा रहेकी दिनालाई अझै दुई लाख रकम आवश्यक रहेको छ ।

गणका प्रहरीले मिलेर १० हजारको चेक दीनाको आमालाई रकम हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरण गर्दै एसपी माधव प्रसाद श्रेष्ठले क्यान्सर पीडित दीनाको शीघ्र स्वास्थ लाभको कामना समेत गरेका थिए ।