४४ घरका लागि साढे १ करोड बजेट


४४ घरका लागि साढे १ करोड बजेट

नेपालगन्ज : प्रस्तावित लुम्बिनी प्रदेश सरकारले बाँकेका विभिन्न गाउँपालिकामा जनता आवास कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ ।

सरकारले यस वर्ष तीन लाख ५० हजारका दरले एक करोड ५४ लाख रुपैयाँ विनियोजन गरेको छ । उक्त बजेटबाट बाँकेका राप्तीसोनारी, नरैनापुर गाउँपालिकामा ४४ वटा भवन निर्माण हुने भएका छन् ।

सरकारले जनता आवास कार्यक्रममा निर्माण हुने घर एक ट्वाइलेट, बरण्डा सहित दुई कोठ टिनले छाएको हुनेछ । ‘१०/१० घर राप्ती सोनारी ५ र ७ मा र नरैनापुर ६ मा १०, नरैनापुर ३ मा १० र नरैनापुर ५ मा ४ घर बनाइने भएको छ ।

प्रदेशसभा सदस्य कृष्णा केसी (नमुना)ले बाँकेको नरैनापुरको अनुगमन गरेकी छन् । सरकारले यस कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएसँगै बाँकेको राप्तीपारीका विपन्न परिवारको घर बनाइदिने भएपछि ४४ घरको लागी ५ सय बढी आवेदन परेको थियो ।

आवेदन धेरै भएसंगै आर्थिक अवस्था कमजोर रहेको परिवारले नै उक्त सुबिधा प्राप्त गरून् भन्ने ध्ययले अनुगमनमा निस्किएको प्रदेश सभासद केसीले बताइन् ।

‘कच्ची, फुसको घरमा बसेका जनताका लागि टिनको घर बनाउन लागिएको हो’, प्रदेशसभा सदस्य केसीले भनिन्, ‘त्यसका लागि आवेदन लिइसकिएको छ र आवेदन आएको मध्य वास्तविक गरिब परिवारले नै सुबिधा प्राप्त गरून् भन्ने हाम्रो ध्यय हो ।’

छनोटमा परेका गाउँपालिकामा घर निर्माणका लागि सरकारले सहरी डिभिजन मार्फत रकम उपलब्ध गराउँदै जानेछ । चालु आर्थिक वर्ष भित्र छनोट गरिएका घरहरु बनाइसक्नुपर्नेछ प्रावधान रहेको छ ।