नेपालगन्ज:नेपाल प्रेस युनियनको नवौं केन्द्रिय महाधिवेशन नेपालगन्जमा हुने भएसँगै युनियनको बाँके शाखा जिल्ला अधिवेशको तयारीमा जुटेको छ ।
युनियन बाँकेका अध्यक्ष जयनारायण शाहको अध्यक्षतमा मंगलबार बसेको कार्यसमिति बैठकले अधिवेशनको मिति तोकेको छ । युनियन बाँके शाखाको ११ औं जिल्ला अधिवेशन आगामी माघ २९ गते नेपालगन्जमा गरिदैछ ।
बैठकले अधिवेशनका लागि सदस्यता नविकरण गर्ने अन्तिम समय माघ २५ गते सम्मलाई तोकेको युनियन बाँके शाखा सचिव अर्जुन ओलीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेखछ । विज्ञप्तीमा भनिएकोछ तोकिएको समयभित्र सदस्यता नविकरण नगर्ने सदस्यलाई अधिवेशनमा सहभागि गराउन नसकिने बैठकले निर्णय गरेकोछ ।
यस्तै बैठकले जिल्ला अधिवेशनका लागि बाँके शाखा अध्यक्ष जयनारायण शाहको संयोजकत्वमा मुल तयारी समिति समेत गठन गरेकोछ । मुल समितिका सदस्य र अन्य उपसमिति गठन आगामी बैठकले गर्ने निर्णय गरिएको शाखा सचिव ओलीद्वारा जारी विज्ञप्तीमा उल्लेछ ।
यस्तै सदस्यता नविकरणका लाग सचिव ओली र कोषाध्यक्ष माधव अधिकारीलाई जिम्मेवारी दिइएकोछ ।
युनियनको केन्द्रीय कार्य समितिले केन्द्रीय महाधिवेशन आगामी चैत्रमा नेपालगन्जमा गर्ने निर्णय गरेपछि बाँके शाखा पनि जिल्ला अधिवेशनका लागि तयारीमा जुटेको हो ।
यसअघि अधिवेशन तयारीका लागि गत बुधबार युनियन बाँके शाखाले कार्य समिति बैठक बसि पहिलो चरणमा सामान्य छलफल गरेको थियो ।
युनियनको केन्द्रीय बैठकले आगामी चैत २१ र २२ गते नेपालगन्जमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।
उक्त बैठकले अधिवेशन नगरेका जिल्ला शाखालाई यही माघ मसान्तभित्रमा सम्पन्न गरिसक्न अन्तिम समय दिएकाले पनि महाधिवेशनको तयारी गर्नुपर्ने भएको हुँदा बाँके शाखाको अधिवेशन छिट्टै गर्नुपर्नेमा केन्द्रिय समितिले तोकेको अन्तिम समयमा हुन लागेको हो । नेपाल प्रेस युनियन बाँकेका सस्थापक अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता चाचाजीको असमायिक निधनले केही पछि सरेको युनियन बाँकेले जनाएकोछ ।