नेपालगन्ज: बाँकेको कोहलपुर नगर विकास समितिको कार्यालयमा बुधबार तालाबन्दी गरिएको छ । नगर विकास समिति मार्फत जग्गा किनेका जग्गाधनीले न्यायको माग गर्दै कार्यालयमा तालाबन्दी गरेका हुन ।
दुई वर्ष पहिले प्रक्रियागत रूपमा नगर विकास समितिको जग्गा खरिद गरेपनि हालसम्म भोगचलन गर्न नपाएको भन्दै जग्गाधनी आन्दोलित भएका छन् ।
कोहलपुर नगरपालिका वडा नं. ११ क्रिकेट मैदान नजिकै ११ जनाले नगर विकास समितिसँग जग्गा खरीद गरेका थिए । टेण्डर पक्रिया पुरा गरी जग्गा खरीद गरीएको भएपनि हालसम्म उक्त जग्गा प्रयोग गर्न नपाएपछि उचित न्यायको माग गर्दै आन्दोलनमा उत्रनुपरेको जग्गाधनी काशिराम कोइराला बताउँछन् ।
कोइराला सहित ११ जनाले दुई वर्ष अघि प्रतिव्यक्ति ४० देखी ५० लाख लागतमा नगर विकास समितिको घडेरी खरिद गरेका थिए । आफुले खरीद गरेको जग्गामा विभिन्न ब्यक्तिहरुले संरचना निर्माण गरी बसोबास गर्दै आएकाले हालसम्म उक्त जग्गा उपभोग गर्न नपाएको कोइरालाले गुनासो गरेका छन ।
आफुहरूको जग्गा खाली गराउनुका साथै सबै घडेरीको चार किल्ला छुट्याई बाटोको उचित निकास गरीदिन नगर विकाससँग माग गरेपनि कुनै सुनुवाई नएपछि तालाबन्दी गर्नुपरेको कोइरालाले बताए । उनकाले भने ‘हामीहरूसँग लालपुर्जा छ, तर, जमिन छैन, यसको न्याय कसले दिने ।’