नेपालगन्ज: बाँकेको जानकी गाउँपालिका अन्तर्गत रहेको कर्मोनाहको ८४ बिघा जग्गा बागेश्वरी मन्दिरको नाममा गर्ने तयारी गरेपछि जग्गा धनीहरू आन्दोलित भएका छन ।
जानकी गाउँपालिका वडा नम्बर –३ मा पर्ने उक्त जग्गा मन्दिरको भएको भन्दै सरकारले वागेश्वरी मन्दिरलाई फर्काउने निर्णय गरेसँगै स्थानीयहरू आन्दोलित भएका हुन् ।
बुधबार उनीहरूले नेपालगन्जमा टायर बालेर बिरोध जनाएका छन् । उनीहरुले नेपालगन्ज उपमहानगरको गेट अगाडी सडकमा टायर बालेर विरोध जनाएका थिए ।
सदिंयौंदेखि तिरो तिर्दै आएको जग्गा एक्कासी मन्दिरको भएको भन्दै सरकारले फिर्ता लिने तयारी गरेपछि आफुहरू आन्दोलित भएको जग्गाधनीले बताएका छन् ।
सरकारले आफ्नो निर्णय फिर्ता नलिए सशक्त आन्दोलनमा उत्रने उनीहरुले चेतावनी समेत दिएका छन् ।