नवनिर्वाचित पदाधिकारीले शपथ खाए


नवनिर्वाचित पदाधिकारीले शपथ खाए

नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले शपथ ग्रहण गरेका छन् ।  शनिबार नेपालगन्जमा एक समारोहका बीचमा प्रमुख निर्वाचन अधिकृत टीकाजंग सिंहले विजयी पदाधिकारी तथा सदस्यहरुलाई शपथ गराए ।

गत माघ ११ गते भएको निर्वाचनबाट अध्यक्षमा अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’, उपाध्यक्षमा आदेश अग्रवाल र अमित बस्नेत विजयी भएका थिए । त्यस्तै, सदस्यहरुमा हरिलाल न्यौपाने, चिरञ्जीवि ओली, श्यामसुन्दर अधिकारी, विजय भण्डारी ‘बासु’, मन्दिरा पाण्डे, धर्मराज अर्याल, टंकबहादुर धामी, भीमबहादुर रानाभाट, टंकप्रशाद शर्मा, विन्दु चर्तीमगर, विष्णुप्रसाद श्रेष्ठ र टेकबहादुर खड्का विजयी भएका हुन् ।

एशोसियट सदस्यमा सञ्जय अग्रवाल र दिपेन्द्र विष्ट तथा सम्बद्धमा सलाउद्दिन जसगढ र भीम कँडेल विजयी भएका थिए । सवै विजयीहरुले शनिबार शपथ ग्रहण गरेका हुन् ।

शपथ ग्रहण समारोहमा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डी ढकाल, महासंघको ५ नम्बर प्रदेशका अध्यक्ष गुणनिधी तिवारी, केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठ, पूर्व केन्द्रिय सदस्यहरु दामोदर आचार्य,सुनिल शर्मा, अच्यूत प्रसाईं, संघका पूर्व अध्यक्ष सतिश अग्रवाल लगायतको सहभागि थिए ।

यस्तै प्रदेश सांसद आईपी खरेल, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्सेर राणा, नेपाली काँग्रेस बाँकेका सभापती किरण कोइराला, नेकपाका जिल्ला सचिव अशोक कोइराला, राप्रपाका जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, राजपाका लक्ष्मीनारायण बर्मा लगायतको सहभागिता रहेको थियो ।