विपन्न समुदायमा सचेतामुलक कार्यक्रम


विपन्न समुदायमा सचेतामुलक कार्यक्रम

नेपालगन्ज : विपन्न तथा लोपोन्मुख जातिलाई लक्षित गर्दै खजुरा गाउँपालिका वडा नम्बर ४ मा खानेपानी तथा सरसफाई सम्बन्धि सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ ।

खजुरा गाउँपालिकाको सहयोगमा राउटे, लोपोन्मुख, सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालद्वारा शनिवार खजुरा गाउँपालिका वडा नम्बर ४
भण्डारियामा सचतेनामुलक कार्यक्रम गरिएको हो ।

मुस्लिम, मधेशी र विपन्न समुदायका महिला, पुरुषको सहभागिता रहेको कार्यक्रममा शुद्ध खानेपानीको अवस्था र आवश्यक्ता तथा सरसफाईका विषयमा सहजिकरण गरिएको थियो ।

वडा नम्बर ४ का वडाअध्यक्ष तिलकबीर सुनारले खानेपानीको उचित व्यवस्थापनमा क्रियाशिल रहेको भन्दै एक वर्षभित्रै शुद्ध खानेपानीको व्यवस्था गरिने विश्वास व्यक्त गरे ।

उनले सरसफाईका लागि कार्यक्रमको आशा गर्नु भन्दा स्वयं सफाइलाई महत्व दिन आग्रह गरे । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ बाँकेका अध्यक्ष भक्त बहादुर देवकोटाले स्थानीय जनताको एकता र सहकार्यले नै शुद्ध खानेपानी र सरसफाई हुने भन्दै यसलाई प्राथमिकता दिनु अपील गरे ।

लोपोन्मुख जातिका अध्यक्ष एवं पत्रकार शुक्रऋषि चौलगाईले लोपोन्मुख जातिमा खानेपानीको अवस्था, प्रयोग र सरसफाई बारे प्रकाश पार्नु पारे ।
राउटे, लोपोन्मुख, सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवी अधिकारीले कार्यक्रमको आवश्यक्ता र महत्वमाथि प्रकाश पार्दै विपन्न जनताकैबीच थप कार्यक्रम सञ्चालन गरिने पनि विश्वास दिलाइन ।

प्रतिष्ठानका संस्थापक उपाध्यक्ष एवं तालिम प्रमुख भरत अधिकारीले सञ्चालन गरेको कार्यक्रममा हातधुने तरिका समेत सिकाइएको थियो ।