नेपालगन्ज :स्प्रिङ्गडेल एकेडेमीले वार्षिक उत्वस तथा अभिभावक दिवस मनाएकोछ । विद्यालय प्राङ्गमा शनिबार एक कार्यक्रमको आयोजना गरि विद्यालयले दिवस मनाएको हो ।
एकेडेमी प्रालीका अध्यक्ष हिकमत रावलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका नगर शिक्षा प्रमुख गोर्खबहादुर थापाले संस्थागत विद्यालयहरुमाझ शैक्षिक गुणस्तरता अब्बल बनाएको भन्दै प्रसंशा गरे ।
उनले भने विद्यालयले प्राप्त गरेको प्रगति र उपलब्धीलाई निरन्तर बचाईराख्नु चुनौती हुन्छ यसतर्फ ध्यान दिन आग्रह गरे । दुई चरणमा भएको कार्यक्रममा विद्यालयका सहप्रचार्य मिना सिहले स्वागत गरेकी थिइन । भने विद्यालयका प्रिन्सिपल शरदचन्द्र रावलले कार्यक्रम र विद्यालयका बारेमा जानकारी गराएका थिए ।
यस्तै कार्यक्रममा सहभागि अभिभावकका तर्फबाट हरिमाया गुरुङ्ग र हेम लम्सालले विद्यालयबाट प्रदान भइरहेको गुणस्तरीय शिक्षाको प्रसंशा गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय पौडी प्रतियोगितामा सहभागि विभिन्न विधाका १४ जना विद्यार्थीलाई सम्मान गरिएको थियो । यस्तै दोस्रो चरणको कार्यक्रममा सास्कृतिक कार्यक्रम गरिएको थियो ।
नेपालगन्ज क्षयरोग अस्पतालका प्रमुख डाक्टर फत्ते शाही, प्रालीका सदस्य ऋचा लुईटेँल, प्रहरी गुल्म खजुराका बजिर सिंह विष्ट लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन शिक्षक कल्लुरामले गरेको थिए ।