नेपालगन्ज : बाँकेको कोहलपुरमा आर्दश सासु तथा बुहारीलाई शनिबार सम्मान गरिएको छ । समाज तथा घर परिवारमा सकारात्मक पहिचान दिने सासु बुहारीलाई सम्मान गरिएको हो ।
वनवाटिका टोल सुधार समितिको आयोजनामा संचालन गरिएको सो कार्यक्रममा कोहलपुर ११ आदर्श सासु लक्ष्मी भुषाल तथा आर्दर्श बुहारीका रुपमा शिखा गौतम श्रेष्ठलाई कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले सम्मानित गरेका हुन् ।
उनलाई खादा तथा सम्मान पत्रले सम्मान गरिएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख रावते सबै बुहारीले सासुलाई आफ्नो जन्म दिने आमा समान र सासुले पनि आफ्नी बुहारीलाई छोरी सरह सम्झिनु पर्ने बताएका छन् । उनले सासु प्रति बुहारीहरुले सम्मान जनक शब्द प्रयोग गर्नुपर्ने बताए ।
वनवाटिका टोल सुधार समितिका अध्यक्ष हरी प्रसाद पौडेलको सम्मान कार्यक्रममा कोहलपुर कोहलपुर नगरपालिका नगरपालिका वडा नं ११ का वडाध्यक्ष कर्ण बहादुर थापा, प्रवृद्ध जेष्ठन ागरिक मंचकी अध्यक्ष डम्बर कुमारी घिमिरे, सचिव कृष्ण प्रसाद आर्चाय लगायतको सहभागीता रहेको थियो ।