विश्व साईकल यात्री पुष्कर शाहलाई नेपालगन्जमा सम्मान गरिदैं । तस्विरः सेतोखरी
नेपालगन्ज: विश्व साईकल यात्री पुष्कर शाहलाई नेपालगन्जमा सम्मान गरिएको छ । ठकुरी पत्रकार समाज नेपालले आईतबार एक कार्यक्रमको आयोजना गरि उनलाई सम्मान गरेको हो ।
उक्त कार्यक्रममा समाजका अध्यक्ष करुणा शाह, सल्लाहकारद्वय जयनारायण शाह र तेजविक्रम शाहले साईकाल यात्री शाहलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा सल्लाहकार जयनारायण शाहले साईकल यात्री पुष्कर शाह लगायत कार्यक्रममा उपस्थित सहभागिहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रममा सहभागिले साईकल यात्राको माध्यमबाट नेपाललाई विश्वभर चिनाउन सफल भएकोमा शाहप्रति आभार प्रकट गर्दै आगामी दिनमा साईकलकै माध्यमबाट देशको मान ईज्जत प्रतिष्ठा उच्च बनाउनका लागि आग्रह गरेका थिए ।
साईकलका माध्यमबाट नेपाललाई विश्वमा चिनाएपनि नेपालले पुष्कर शाहलाई चिन्न नसकेको र उनको कामको उचित मूल्यांकन र कदर गर्नमा राज्य हुनुपर्ने जति गम्भीर नभएको कार्यक्रमका सहभागिहरुले बताएका थिए ।
कार्यक्रममा साईकल यात्री पुष्कर शाहले १ सय ५० देश साईकलमै यात्रा गरेको र २ लाख २१ किलोमिटर यात्रा गरेको बताए । उनले १ सय ९२ देशको झण्डा फहराएर आफूले सगरमाथा चढी विश्व किर्तीमान कायम गरेको भएपनि राज्यले कुनै मूल्यांकन नगरेको गुनासो गरेका छन् ।
२२ वर्ष अघि साईकलबाट विश्व भ्रमण गर्न सपनाका साथ अघि बढेका पुष्कर शाह तत्कालिन अवस्थामा एकदम जोखिम र साईकलबाटै लामो दूरीको यात्रा चुनौतीपूर्ण रहेको अनुभव सुनाउँछन् । समाजका अध्यक्ष करुणा शाहको अध्यक्षतमा सम्मान कार्यक्रम गरिएको थियो ।