नमस्तेमा प्रमीलहरुको जमघट हुदैं


नमस्तेमा प्रमीलहरुको जमघट हुदैं

नेपालगन्ज: बाँकेको गनापुर स्थित नमस्ते भिलेज रिसोर्टले प्रमीलहरुको जमघट गराउने भएकोछ । प्रणय दिवस २०२० लाई लक्षित गरी नमस्तेले विशेष कार्यक्रम गर्नेभएको हो ।

प्रमी–प्रेमीकालाई लक्षित गरी नमस्तेले प्रयणय दिवस अर्थात भ्यालेन्टाई डेलाई विशेष र यादगारमयरुपमा मनाउने भएकोछ । भ्यालेन्टाईन डेको दिन अर्थात फाल्गुन २ गते बेलुका नमस्तेमा लाईभ म्युजिक सहितको विविध कार्यक्रम गर्न लागिएको नमस्तेका अपरेशन म्यानेजर माधव सुवेदीले सेतोखरीलाई जानकारी दिए ।

उनका अनुसार निःशुल्क प्रवेश गर्न पाइने यो कार्यक्रममा सहभागिहरुलाई रोमान्टिक वातावरणमा लाईभ म्यूजिक सुनाउदै प्रेमजोडीहरुविच विभिन्न प्रतिस्प्रर्धा गराइनेछ ।

फाल्गुन २ गते शुक्रबार बेलुका ६ बजेदेखि सुरु हुने यो कार्यक्रममा प्रेमजोडीहरुको उपस्थितीमा बेष्ट कपल फोटो, लाईभ किचन, बेस्ट कपल गिफ्ट प्रदान गरिनेछ ।

नेपालगन्जको स्थानीय ब्याण्ड डि आवाज ब्याण्डको बेजोड प्रस्तुती हुने उक्त कार्यक्रममा सहभागि प्रेमजोडीहरुको फोटो बुथ गरिनेछ । उक्त फोटो प्रोफेसनल फोटोग्राफरले आफ्ना क्यामेरामा कैद गर्नेछन् । ती फोटो नमस्ते भिलेज रिसोर्टले आफ्नो फेसबुक पेजमा सार्वजनिक गर्ने अपरेशन म्यानेजर सुवेदी बताँउछन् ।

हरेक वर्ष १४ फेब्रुअरीलाई प्रणय दिवसका रुपमा विश्वभर आपसमा उपहार साटासाट गरी मनाइन्छ । प्रणय दिवसको अवसरमा परिवार साथीभाइहरुलाई विभिन्न उपहार प्रदान गरी प्रेम सद्भाव साटासाट गर्ने प्रचलन रहेको छ ।

विशेषगरी यस दिवसमा गुलावको फूल उपहार दिएर प्रेम आदान प्रदान गर्ने गरिएको छ । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा नयाँ प्रेमी प्रेमीकाले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् ।

प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको यो दिवस अहिले विश्वभर चर्चित रहेको छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन दिवस मनाउने गरिएको छ ।