नेपालगन्ज : बाँकेको डुडुवा गाँउपालिकाले २३ लाखको लागतमा जन्ती घर निर्माण शुरु गरेकोछ । गाउँपालिकाले वडा नम्बर २ कोलही, वडा नम्बर ३ बनकटवा र वडा नम्बर ६ बल्दीपुरवामा एक–एक गरि ३ वटा जन्ती घर निमार्ण शुरु गरेको हो ।
निर्माधिन जन्तीघरमा पाँच सय जना अट्नेछन् । सो जन्तीघरमा ठूलो हल, शौचालय, खानेपानी र कम्पाउण्ड सहितको सुविधा सम्पन्न भवन निर्माण भइरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
गतवर्षदेखि नै गाउँपालिकाले जन्तीघर निमार्णको कार्य थालनी गरे गाँउपालिकाले बजेट अपुग भए थप गर्ने अध्यक्ष चौधरी बताउँछन् । बहु प्रयोजनका लागि निर्माणाधिन उक्त भवनमा वैवाहिक लगायत राती जन्ती राख्न, पार्टी गर्न, भोज भण्डारा, पुजापाठ, धार्मिक ज्ञान महायज्ञ, भजन किर्तन लगायतका सभासमारोह, धार्मिक तथा साँस्कृतिक कार्यक्रम गर्न सहज हुने विश्वास लिइएको छ ।
निमार्ण हुने जन्ती घरलाई व्यवस्थितरुपमा सञ्चालन गर्न समुदायस्तरमा नै एउटा समिति गठन गरि समुदायलाई हस्तान्तरण गरिने छ । हस्तान्तरणपछि समुदायले आफै व्यवस्थापन गर्नेछ ।