नेपालगन्ज : सिभिल बैंक कोहलपुरले सम्मान बचत खाता खोलेका सेवाग्राहीको मृत्यु पछि उनका परिवारलाई सात लाखको दुर्घटना वीमा उपलब्ध गराएको छ ।
बैजनाथ गाउँपालिकास्थित भेरी फ्युचर स्कुलका शिक्षक भुवनराज ढुंगानाको केही दिन अघि दुर्घटनामा घाईते भएका थिए । लखनउमा उपचारका क्रममा गत असोज ९ गते उनको निधन भएको थियो ।
उनको परिवारलाई आईतबार बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल र बैंकका शाखा प्रबन्धक वसन्त कुमार रेग्मीले चेक हस्तान्तरण गरेका छन ।
शून्य मौजादमा पनि खोल्न सकिने यस्तो खाताका खातावालको दुर्घटना वीमा सुनिश्चित गर्ने सिभिल बैंक पहिलो हो । शाखा प्रबन्धक रेग्मीले सेवाग्राहीको हितका लागि कार्यक्रम ल्याएको बताए ।