नरैनापुरको प्रमुखमा खराल


नरैनापुरको प्रमुखमा खराल

नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकामा मणिराम खराल प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका छन् । खराललाई आइतबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ ।

नरैनापुरबाट सरुवा भएर बाँकेकै राप्तीसोनारी गाउँपालिकामा गएका दलबहादुर बस्नेतलाई पनि विदाई गरिएको छ । खराल प्यूठानको
ऐरावती गाउँपालिकाबाट सरुवा भएर आएका हुन् ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जनप्रतिनिधि र कर्मचारीहरुको संयुक्त प्रयासबाट नै विकास र समृद्धि हासिल हुने भन्दै नरैनापुरको विकासका लागि सबैले हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।

प्रमुख प्रशासकीय अधिकृत खरालले जनप्रतिनिधिहरुसंग सहकार्य गरेर जनचाहना अनुसार काम गर्न प्रतिबद्ध रहने बताए । सरुवा भएर राप्तीसोनारी गएका बस्नेतले सबैको साथ र सहयोगले आफ्नो १८ महिने कार्यकालमा अहोरात्र खटेर काम गरेको बताए ।

नरैनापुर विस्तारै विकास पथमा लम्किँदै गरेको उनी बताउँछन् । कार्यक्रममा गाउँपालिकाका योजना तथा प्रशासन शाखा प्रमुख विजय यादव, शिक्षा शाखा प्रमुख लक्ष्मीकान्त मिश्र, महेन्द्र माविका मटेहियाका पूर्व प्रधानाध्यापक पेश्कार सिंह लगायतको सहभागीता थियो ।