नेपालगन्ज: बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ मा बृहत सरसफाई अभियान सञ्चालन गरिएको छ । पर्यटन वर्ष २०२० को सन्दर्भमा वन तथा वाताबरण संरक्षण गर्न सरसफाईको माध्यमले अभियान सञ्चालन गरिएको हो ।
पशुपतिनाथ सामुदायिक वन उपभोक्ता समुह, ईलाका प्रहरी कार्यालय कम्दीको संयुक्त पहलमा आईतबार सरसफाई अभियान सञ्चालन गरिएको हो ।
कम्दी पदमपुरबाट शुरु भएको सरसफाई अभियान छग्रहवा मन्दिर मार्ग, शहिद मावि मार्ग, कम्बरशाह बाबा मार्ग, मिलन चोक मार्ग, पिकनिक स्पर्ट मार्गसम्म सयांै उपभोक्ताको सहभागितामा सरसफाई गरिएको वन समुहका अध्यक्ष बेलबहादुर बोहराले बताए । उनका अनुसार यो सरसफाई अभियानले कम्दी क्षेत्र अन्र्तगतका पर्यटकीय क्षेत्रको प्रचार प्रसार र वन तथा वाताबरणको संरक्षण तथा सम्बद्र्धनमा मद्दत पुग्ने उद्देश्यले सरसफाई कार्यक्रमको आयोजना गरिएको हो ।
सरसफाई पछि आयोजित सभामा ईलाका प्रहरी कार्यालयका इन्चार्ज जंगबहादुर एमसी, राप्ती तटिय सहकारी संस्थाका अध्यक्ष खेमबहादुर बुढाथोकी, लैगिक हिंसा निगरानी समुहका हेमा थापा, फेकोफनका जिल्ला सहजकर्ता रामबहादुुर भण्डारी, बभनपुर्वा सामुदायिक बनउपभोक्ता समुहका अध्यक्ष पुनम बुढाथाकी, युवा परिमल विस्ट लगायतले सरसफाई अभियानका बारेमा बोलेको थिए ।