नेपालगन्ज: बाँकेको बैजनाथ गाउँपालिकामा एक करोड लागतमा मानसरोवर उद्यान निर्माण हुँदै छ । उक्त उद्यानको सोमबार प्रस्तावित लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार मानसरोवार उद्यानको शिलान्यास गरेका छन् ।
गाउँपालिका वडा नम्बर ६, लालपुरस्थित न्यू हरियाली सामुदायिक वन उपभोक्ता समुहको जङ्गलमा निर्माण गरिने मानसरोवरको प्रतीकात्मक स्थल सहितको बोटानिकल गार्डेनको शिलान्यास गरीएको हो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले निर्माण गर्ने संरचनाको संरक्षणका लागि स्थानिय सरकार प्रतिवद्द हुनुपर्ने बताए । स्थानियहरूको प्रत्येक्ष सहभागिता भएमात्र बोटानिकल गार्डेनको योजनाले पुर्णता पाउने बताउँदै मुख्यमन्त्री पोखरेलले भने, बोटविरूवाले मात्र पर्यटक आकर्षण गर्न सक्दैन, त्यसकालागि भौतिक संरचनाका साथै आतिथ्य संस्कारमा समेत विशेष ध्यान दिनुहोस् ।’
कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले प्रदेश सरकारले यो स्थानलाई बोटानिकल पार्क बनाउनका लागि ठाउँ छनोट गरि काम पनि शुरु गरिसकेकोले आफू प्रदेश सरकारप्रति कृतज्ञ भएको बताए । उनले यो योजनाको लागि आवश्यक परे आर्थिक देखि सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रदेश सरकारबाट बिनियोजित रकम मध्येबाट डिभिजन वन कार्यालय बाँकेको आर्थिक वर्ष ०७६/७७ को वार्षिक बजेट कार्यक्रम अन्तर्गत राज निर्माण निर्माण सेवा नेपालगन्जसँग १ करोड ६ लाख ८ हजार २ सय ९१ मा निर्माण सम्झोता भएको छ । यस्तैअनुरूप सोमबारबाट निर्माणको काम थालनी गरिएकोडिभिजन वन कार्यालय बाँकेका डिभिजनल अधिकृत मोहन श्रेष्ठले बताए ।