डुडुवामा सेवाबारे नागरिक सुनुवाई


डुडुवामा सेवाबारे नागरिक सुनुवाई

नेपालगन्ज : न्याय र सुरक्षा सम्बन्धी समुदाय र सेवा प्रदायकबीच नागरिक सुनुवाई कार्यक्रम बाँकेको डडुवा गाउँपालिकामा गरिएको छ ।
कार्यक्रममा स्थानीयस्तरमा प्रबाह हुने लैंगिक हिंसा सम्वन्धी घटना, न्याय, तथा सुरक्षा तथा न्याय प्रवाहका विषयमा नागरिक र सेवाप्रदायक निकायविच खुल्ला बहस भएको छ ।

कार्यक्रममा स्थानीय समुदायमा लैगिंक हिंसासंग सम्बन्धित घटना, प्रहरी उजुरी, स्थानीय तह अन्र्तगत न्यायिक समितिमा दर्ता हुने विवाद, अदालतमा जाने विभिन्न प्रकृतिका मुद्दा, तथा स्थानीय तहबाट प्रवाह हुने विभिन्न सेवासंग सम्वन्धित जन्मदर्ता, नागरिकता सिफारिस जस्ता विभिन्न विषयमा स्थानीयले आ आफनो समस्या तथा जिज्ञासा राखेका थिए ।

डिफिडको सयोगमा भिएसओ इन्टरनेशनल एलर्टको साझेदारीमा सहज परियोजना अन्र्तगत माहुरी होमद्वारा मंगलबार डुडुवामा आयोजित नागरिक सुनवाई कार्यक्रममा स्थानीयहरुले न्यायिक सेवालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, जिल्ला अदालतका शाखा अधिकृत बीरबहादुर बोहरा, जिल्ला सरकारी वकिल कार्यालय नासु रमा अर्याल, वडाध्यक्ष भण्डारीलाल यादव, कम्दी इलाका प्रहरी कार्यालयका इन्चार्ज जंगबहादुर खत्री, न्यायिक समितीका सदस्य रिता परियार, कार्यपालिका सदस्य तथा लैंिगक हिंसा निगरानी समुहका संयोजक लिलावती यादव, गाउँपालिका अन्र्तगत महिला तथा बालबालिका शाखाका सुनिता थापा लगायतले सेवाग्राहीले सोधेका प्रश्नको उत्तर दिएका थिए भने आएका सवालमाथी कार्यन्वयनका लागि प्रतिबद्धता गरेका थिए ।
कार्यक्रमको सहजिकरण पत्रकार राकेश कुमार मिश्रले गरेका थिए ।

नागरिकहरुले आफ्ना अभिमत प्रकट गरि सुरक्षा र न्यायीक क्षेत्रको स्वामित्व महसुस गर्न, नागरिकले स्वतन्त्र रुपबाट सुझाव र गुनासाहरु पोख्न, जनजवाफदेहिता, सुरक्षा र न्यायीक क्षेत्रका कृयाकलाप र गतिविधिमा नागरिक सहभागिता वृद्धि गर्न सुशासन संस्कार बृद्धि गर्न, सुरक्षा र न्यायीक क्षेत्रका सेवा दिने निकाय र नागरिकहरु वीच विश्वासको वातावरण श्रृजना गर्न र कामलाई गुणस्तरीय बनाउने उद्देश्यले कार्यक्रम गरिएको हो ।