नेपालगन्जमा पहिलोपटक सडक खाना महोत्सव


नेपालगन्जमा पहिलोपटक सडक खाना महोत्सव

नेपालगन्ज:होटल व्यवसायी संघ, बाँकेले आगामी फाल्गुन २३ देखि २५ गतेसम्म सडक खाना महोत्स गर्ने भएकोछ । नेपालगन्जमा धर्म, सम्प्रदायमा पुस्तौंदेखि चल्दै आएको मौलिक खानाहरुको स्टल राखेर बजारीकरण तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो।

संघका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक भीमलाल कँडेलका अनुसार सुर्खेत रोड (धम्वोझीदेखि कृषि विकास बैंकको पूर्वपट्टीको सडकको एक भाग) मा टेन्टको व्यवस्था गरेर महोत्सव आयोजना गरिनेछ । महोत्सवमा तारे होटलदेखि मौलिक परिकारसहितका ५० भन्दा बढी स्टल समावेश हुन्छन् ।

सर्वसुलभ मूल्यमा एउटै ठाउँमा थरीथरीका परिकारको स्वाद लिन पाइने यस फुड फेस्टिभलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कँडेलले सरसफाइ, सुरक्षा र ट्राफिक व्यवस्थापनको लागि विशेष ध्यान पु¥याउने गरी सरोकारवाला निकायबाट अनुमति प्राप्त भइसकेको जानकारी दिए । फुड फेस्टिभलम ५० हजारभन्दा बढी मानिसहरुको सहभागिता आयोजकका विश्वास छ ।

भारतबाट समेत पर्यटक सहभागी हुने फुड फेस्टिभलमा २ करोडभन्दा बढीको कारोबार हुने लक्ष्य राखिएको छ । खानाका परिकारसगैं कलाकारको विशेष प्रस्तुति रहने, विभिन्न समुदायमा प्रचलित उत्कृष्ट खानाको परिकारको परिचय गराउने र व्यवसायीकरण गरेर आर्थिक सशक्तिकरण र पहिचान संरक्षण गर्ने अयोजकले जनाएको छ ।

खाना मात्र नभइ भ्रमण वर्ष २०२० लाई मूल रुपमा अंङ्गिकार गरी यसलाई सफल पार्ने लक्ष्य रहेको कँडेलले बताए । फेस्टिभलबाट भएको आम्दानी तथा नाफाको केही प्रतिशतबाट बाँके जिल्लामा रहेका पर्यटनस्थलको पवद्र्धन तथा प्रचार प्रसारमा लगाइने छ ।