रोकायको जन्मदिनमा अक्षय कोष


रोकायको जन्मदिनमा अक्षय कोष

नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघकी निर्वतमान उपमहासचिव तारा रोकायले आफ्नो जन्मदिनको अवसरमा अक्षय कोष स्थापना गरकी छन् ।

आफ्नो ४३ औं जन्मदिनका अवसरमा उनले सामाजिक कार्यका लागि भन्दै अक्षय कोष स्थापना गरेकी हुन् । श्रीमान पुर्ण र आफ्नो नामलाई जोडेर ‘पुर्णतारा’ फाउडेशनको स्थापना गरि अक्षय कोष खोलेको उनी बताउँछिन् ।

हरेक वर्ष आफ्नो जन्मदिनमा केही न केही सामाजिक कार्य गर्ने रोकायले यसवर्ष अक्षयकोष खडा गरि अक्षयकोषमार्फत सामाजिक कार्य गर्ने बताइन् ।

पाँच लाख ५ हजार ५ सय ५५ रुपैया रासीको उक्त अक्षकोषको ब्याजले प्रत्येक वर्ष गरिब, अनाथ, असाह, शिक्षाबाट बञ्चित बालबालिकाका लागि खर्च गरिने रोकायले बताउँछिन् ।

जन्मदिनका अवसरमा रोकायले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १०, मा रहेको नवकिरण पुर्नस्थापना केन्द्रमा रहेका ६० जनालाई खाना खुवाएकीछन् ।