परियोजनाको समन्वय बैठक सम्पन्न


परियोजनाको समन्वय बैठक सम्पन्न

नेपालगन्ज : बाँके र बर्दियामा लैंगिक रुपान्तर तथा समाबेशी शिक्षा परियोजना अन्र्तगत सञ्चालित गतिविधिबारे समिक्षा गरिएको छ । प्रस्तावित लुम्बिनी प्रदेशको सामाजिक बिकास मन्त्रालय शैक्षिक योजना तथा अनुसन्धान महाशाखा र क्षेत्रीय शिक्षा निर्देशनालय बुटवलमा संस्थाले गरेका अर्धवार्षिक प्रगती समिक्षा गर्दै आगामी योजना बारे समिक्षा, सल्लाह सुझाब आदानप्रादन गरेकोछ ।

बैठकमा परियोजनाको उद्देश्य, संचालन भएका कृयाकलापहरु, हालसम्म प्राप्त बजेट, परियोजना सञ्चालन पछि बिद्यालय स्तरमा भएको उपलब्धी र आगामी कार्ययोजनाका बारे परियोजनाका सिनियर सुपरभाईजर लक्ष्मी प्रसाद शर्माले प्रस्तुतीमा गरेका थिए ।

सामाजिक विकास मन्त्रालय शैक्षिक योजना तथा अनुसन्धान महाशाखाका प्रमुख थानेश्वर ज्ञवालीले परियोजनाले गरेका उपलब्धी संस्थागत गर्दै लैजानु पर्ने बताउँदै राम्रा अभ्यासहरुलाई अन्य जिल्लामा सिकाईको रुपमा लैजानपर्नेमा जोड दिए ।

प्लान इन्टरनेशनल नेपाल,फिल्ड अफिस नेपालगन्जका शिक्षा संयोजक संजिब कुमार जोशिले प्रस्तुतीमा आएका सुझाब तथा जिज्ञासाहरु मेटाएका थिए । बारबर्दिया नगरपालिकाका ५ वटा सामुदायिक बिद्यालयमा स्थानीय सरकारसंगको समन्वय र सहकार्यमा स्टिम अवधारणालाई कार्यन्वयनमा लाने उनले बताए ।

प्लानले सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपाल बाँकेको साझेदारिमा बाँके र बर्दिया जिल्लाका विभिन्न पालिकामा आर्थिक वर्ष २०२० मा लैगिक रुपान्तरण तथा समाबेशि शिक्षा परियोजना अन्र्तगत विभिन्न कृयाकलापहरु भएका थिए ।