नेपालगन्ज : नेपालगन्जस्थित आदर्श स्कुलले शनिबार आफ्नो १९ औं वार्षिकोत्सव मनाएको छ । औपचारिक उद्घाटन समारोह तथा सांस्कृतिक कार्यक्रम गरेर स्कुलले वार्षिकोत्सव मनाएको हो ।
विद्यालय प्रांगणमा आयोजित उद्घाटन समारोहमा प्रदेश नम्बर ५ की सांसद कृष्णा केसी ‘नमुना’ले आदर्श स्कुल नेपालगन्जको शैक्षिक क्षेत्रमा ब्राण्ड भएको भन्दै अभिभावक र विद्यार्थीहरुको पहिलो रोजाई बनेको बताइन ।
गुणस्तरीय पढाईका अलाबा अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यालयले हाँसिल गरिरहेको उपलब्धी प्रशंसायोग्य भएको केसीको भनाई छ ।
उनले शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्वहरुको कुशल व्यवस्थापनमा सञ्चालन भइरहेको आदर्श स्कुल आदर्शवान् व्यक्तिहरु जन्माउने शैक्षिक मन्दिर बनेको बताईन् ।
जिल्ला शिक्षा समन्वय इकाई प्रमुख रामसुरेश यादवले आदर्श स्कुलले शिक्षाका क्षेत्रमा गरिरहेको प्रगतिको प्रशंसा गर्दै विद्यालयहरुले पढाईका अलावा विद्यार्थीहरुको सामाजिक व्यवहारको विकास गर्न पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
विद्यालयका प्रमुख निर्देशक ईश्वर प्रसाद पोखरेलले पढाईसंगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा अग्रसर गर्दै उनीहरुको व्यक्तित्व विकास गर्न विभिन्न कार्यक्रमहरु गरिरहेको जानकारी दिए ।
पोखरेलले विद्यालयप्रति अभिभावकले देखाएको विश्वासलाई डग्मगाउन नदिई गुणस्तरीय र जीवन उपयोगी शिक्षा दिन कुनै कसर बाँकी नराखिने बताए ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष सञ्जय थापाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा वडा नम्बर १० का वडा अध्यक्ष बिन्दुभुषण बस्नेत, वडा नम्बर १२ का अध्यक्ष बुद्धिसागर सुवेदी, सनबीम स्कुलका अध्यक्ष गिरिराज पौडेल, अभिभावकहरु अरुण चौधरी र संगम मल्लले आफ्ना विचार राखेका थिए ।
उद्घाटन कार्यक्रमपछि विद्यार्थीहरुले नृत्य, गीत, नाटक लगायतका प्रस्तुती देखाएको सहायक प्रिन्सिपल टंकप्रसाद गौतमले जानकारी दिए । सो अवसरमा गत एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएका ५ जना छात्राहरलाई ‘अनुराधा स्मृति पुरस्कार’ अनुराधा स्मृृति कोषका संरक्षक ध्रुब अधिकारीले प्रदान गरे । विद्यालय प्रांगणमै विद्यार्थीहले आफैंले बनाएका स्वास्थ्यबद्र्धक विभिन्न खानाका परिकारहरु पनि राखेका थिए । अभिभावक तथा अतिथिहरुले विद्यार्थीहरुले तयार पारेका खानाका परिकार खाएर हौसला बढाइदिएका थिए ।