बालपत्रकारिता सम्बन्धि अभिमुखिकरण


बालपत्रकारिता सम्बन्धि अभिमुखिकरण

नेपालगन्ज : स्कुले बालबालिकालाई बाल पत्रकारकारिता सम्बन्धि अभिमुखिकरण प्रदान गरिएको छ । नेपालगन्जको होप ईन्टरनेशनल एकेडेमी स्कुलमा अध्ययनरत बालबालिकालाई उक्त अभिमुखिकरण प्रदान गरिएको हो ।

बालवालिकाका बिचारहरुलाई बाहिर ल्याउनुका साथै उनीहरुमा निहित भावना र प्रत्रकारिता बिषयमा जानकारी तथा रुची बढाउने उद्देश्यका साथ अभिमुखिकरण प्रदान गरिएको थियो ।

होप इन्टरनेशनल एकेडेमी, होप क्रियटिभ क्लब, र होप फाउण्डेशन नेपालको संयुक्त आयोजनामा आयोजित अभिमुखिकरणमा होपका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विद्यालयका संस्थापक निर्देशक सुरेश कमार गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य केशवा रेग्मीले बालबालिकाहरुको लागि महत्वपूर्ण रहेको बताईन् ।

पत्रकारिता के हो, यसको महत्व तथा बाल पत्रकारिताका विषयमा गोरखापत्रका उपसम्पादक प्रकृति अधिकारीले सहजिकरण गरेका थिए । भने सामाजिक सञ्जालको प्रयोग, उपयोगिता र सुरक्षाको बिषयमा किरण ढकालले सहजिकरण गरेका थिए ।

यस्तै महिला पत्रकारिता र लेखन कलाको बिषयमा पत्रकार महासघकी केन्द्रिय सदस्य मधु शाही र युटुबको जानकारी, महत्व तथा सम्भावनाको बिषयमा कमल धमलाले सहजिकरण गरेका थिए ।

विद्यालयले विद्यालयको गतिविधिलाई समेटेर होप भ्वाइस, भित्तेपत्रिका प्रकाशनका लागि ४५ जनाको प्रकाशन मण्डल गरेकोछ । प्रकाशन मण्डलमा अध्यक्ष सृजन खनाल, सम्पादक सजल गैरे, सहसम्पादक सिउ कुमारी बढई, उपसम्पादक दिपेन्द्र माझी, सचिवमा प्रतिक्षा बस्नेत,सम्झना शाही, सपना सोनाहा अलंका श्रेष्ट, लक्ष्य बस्नेत, सुहना गौतम, अर्पना आचार्य, टिना केसी, सक्सेस गौतम, तुफान शाही तिलक केसी, बिराज शाही, सागर रेग्मी, नवल मल्ल, भुवन धामी, सम्यक गैरे लगायतका ४५ सदस्य सहितको सम्पादन मण्डल बनाएको छ ।