सम्पादक र पत्रकारबिच कार्यशाला


सम्पादक र पत्रकारबिच कार्यशाला

नेपालगन्ज: बाँकेको नेपालगन्जमा पाल्पा बिकास केन्द्र नामक संस्थाले आइतबार बाँके र बर्दियाका सम्पादक र सञ्चारकर्मी पत्रकारसँग सञ्चार सम्बन्धि कार्यशाला गरेको छ ।

स्थानीय तहको मिडिया नीति तथा कानून सम्बन्धि बिषयमा भएको छलफल कार्यक्रममा पत्रकारहरुले आ÷आफ्ना अनुभव र सुझाव राखेका थिए ।
कार्यक्रमको विकास केन्द्रका किरण कौशलले सहजीकरण गरेका थिए ।

केन्द्रले स्थानीयस्तरमा मिडिया विकासका साथै नीतिगत बहस र संवादका कार्यक्रम रुपन्देही र पाल्पामा २०६५ सालबाट शुरु गरेपनी अहिले ५ नम्बर प्रदेशका सबै जिल्लाहरुमा गर्न लागेको उनले बताए ।

उनले पत्रकारहरुलाई स्थानीय एवं प्रदेश सरकारले बनाउने नितिदेखि बजेट लगायतका बिषयमा खास मुद्दा र स्रोतको पहिचान गरी विस्तृत रुपमा समाचार तयार पार्न सहयोग पु¥याउने बताए ।