नेपालगन्ज : प्रस्तावित लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कोहलपुरमा पर्यटन कार्यालय सञ्चालनमा ल्याउने भएको छ ।
सम्भवत सोमबार विधिवत रूपमा पर्यटन कार्यालयको उद्घाटन गर्ने तयारी भइरहेको प्रदेश पर्यटन निर्देशनालयका निर्देशक यामबहादुर कुवंर बताउँछन् ।
कुँवरका अनुसार, बाँके, बर्दियाको पर्यटकीय विकासलाई प्राथमिकता दिदै प्रदेश सरकारले पर्यटन कार्यालय संचालन गर्ने योजना कार्यान्वयन गर्न लागेको हो ।
यसअघि कोहलपुरमा केन्द्र सरकार मातहतको पर्यटन कार्यालय थियो । उक्त कार्यालयले साविककको मध्य तथा सुदूरपश्चिमका जिल्लाहरु हेर्दै आए पनि प्रदेश र स्थानीय तहमा सरकारी कार्यालय स्थानान्तर गर्ने क्रममा केन्द्र मातहतको कार्यालय प्रदेशमा गाभिएको थियो ।
त्यसपछि कोहलपुरको कार्यालयको रेखदेख इलाका वन कार्यालयले गर्दै आएको थियो । अब भने कर्मचारी सहित कार्यालय सन्चालन हुने निर्देशक कुँवरले बताए ।
पर्यटन कार्यालय सन्चालन पछि पर्यटकीय गतिविधि बढाउन र दर्ता, नविकरण जस्ता काममा सहजता आउने पर्यटन व्यवसायीहरु बताउँछन् ।