नेपालगन्ज: आगामी चैत्र २२ गते नेपालगन्जमा फेशन शो गरिदैछ । फेसन र मोडलिङ क्षेत्रमा लाग्न चाहने युवायुवतीलाई लक्षित गर्दै ओएनएस ग्रुप नेपालले ‘नेपालगन्ज फेसन शो’ गर्न लागेको हो ।
ओएनएसले सोमबार नेपालगन्जमा पत्रकार सम्मेलन गरि ‘नेपालगन्ज फेसन शो’को बारेमा औपचारिक जानकारी दिएको हो । ओएनएस ग्रुपका सिइओ कृष्टल केसीका अनुसार फेसन शो आगामी चैत्र २२ गते नेपालगन्जको सुनाखरी रेष्टुरेन्टमा हुनेछ । सोक्रममा यस क्षेत्रमा क्रियाशिल फोटोग्राफर, भिडियोग्राफर र उद्योगी व्यवसायीहरुको सहभागीता रहनेछ ।
नेपालगन्ज क्षेत्रमा विभिन्न बिज्ञापन भिडियो तथा दृश्य सामाग्री निर्माण गर्दा स्थानीय मोडलहरु पनि सक्षम छन् र अवसर दिनुपर्ने आयोजकले जनाएको छ ।
फेशन शोमा १५ युवा र १५ जना युवतीले सहभागिता जनाउनेछन् । उनीहरूलाई आयोजक टिमले एक हप्ता निःशूल्क प्रशिक्षण प्रदान गर्नेछ । प्रशिक्षणमा कोरियोग्राफी मिस नेपालगन्ज २०१७ दीपिका श्रेष्ठले गर्नेछिन् । भने शो स्टपरका रुपमा काठमाडौंका चर्चित मोडल तथा अभिनेता प्रज्वल सुजल गिरी रहनुका साथै गायक कमल खत्रीको प्रस्तुति रहनेछ ।