केन्द्रिय सदस्यमा वैश्य सिफारिस


केन्द्रिय सदस्यमा वैश्य सिफारिस

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले निवर्तमान अध्यक्ष नन्दलाल बैश्यलाई संघको केन्द्रीय सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ ।

सोमबार संघकै कार्यालयमा बसेको पदाधिकारीको बैठकले केन्द्रीय सदस्यको उम्मेदवारमा वैश्यको सिफारिससँगै विविध निर्णय गरेको संघका महासचिव चिरन्जिीवी ओलीले बताए ।

संघका नवनिर्वाचित अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बसेको बैठकले महासंघको चैतमा हुने निर्वाचनका लागि निवर्तमान अध्यक्ष बैश्यलाई केन्द्रीय सदस्यको उम्मेदवार लागि सिफारिस गरेको हो ।

यसैगरी बैठकले संरक्षकमा यसअघिका सबै अध्यक्षलाई राख्ने निर्णय गरेको छ । पूर्वअध्यक्षका सल्लाह, सुझाव ग्रहण गर्दै संघलाई अघि बढाउने पनि निर्णय गरिएको छ ।

बैठकले दुर्गाप्रसाद भण्डारी, ईश्वर प्रसाद पोख्रेल, कोषराज रेग्मी, मुरलीधर शर्मा, करिम खान, चम्पालाल बोथरा, मेघराज ओलीलाई सल्लाहकारमा मनोनिय गरेको छ ।

संघको सोमबारको बैठकले कानूनी सल्लाहकारमा टिकाजंग सिंह र प्रेस सल्लाहकारमा कमल डाँगीलाई नियुक्त गर्ने निर्णय गरेको छ । संघको प्रेस सल्लाहकारका लागि नेपालगन्जका पत्रकार झलक गैरे, सिराज खान र कमल डाँगीको यसअघि चर्चा चुलिएको थियो ।

तर, सबैको सहमति पदाधिकारी र कार्यसमिति सदस्यको चाहना अनुसार डाँगीलाई नियुक्त गरिएको संघका एक पदाधिकारीले बताए ।