संघको प्रेस सल्लाहकारमा डाँगी


संघको प्रेस सल्लाहकारमा डाँगी

नेपालगन्ज: नेपालगन्ज उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा कमल डाँगी र कानूनी सल्लाहकारमा टिकाजंग सिंह नियुक्त भएकाछन् ।

संघको सोमवार बसेको बैठकले प्रेस तथा कानूनी सल्लाहकारमा डाँगी तथा सिंहलाई नियुक्त गरेको हो ।

अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बसेको बैठकले दुर्गाप्रसाद भण्डारी, ईश्वर प्रसाद पोख्रेल, कोषराज रेग्मी, मुरलीधर शर्मा, करिम खान, चम्पालाल बोथरा, मेघराज ओलीलाई सल्लाहकार मनोनित गरेको छ ।