मेयर राणाद्वारा स्थलगत अनुगमन


मेयर राणाद्वारा स्थलगत अनुगमन

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका भित्र निर्माधिन विकास निर्माणका कार्यको स्थलगत अनुगमन गरिएकोछ । नगरप्रमुख डाक्टर धवलशम्शेर राणाको नेतृत्वमा उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका विकास निर्माणको स्थलगत अनुगमन गरिएको हो ।

स्थलगत अनुगमनसगैं नगरप्रमुख डाक्टर राणाले विकास निर्माणका क्रममा भेटिएका समस्या समाधानका लागि पहल थालेका छन् । नगरप्रमुख राणा सोमबार नेपालगन्ज उप–महानगरपालिकाको वडा नम्बर ३ स्थित रानीतलाउ नजिकै रहेको सार्वजनिक जग्गाको स्थलगत अनूगमनमा पुगे ।
मेयर राणाले स्थानीय जग्गाधनीलाई सडक फराकिलो बनाउन सहयोग गर्न आग्रह गर्नुका साथै स्थानीय बासिन्दा नृदिपकुमार श्रेष्ठले सडक फराकिलो गर्न आप्mनो निजी जग्गा उपलब्ध गराउन प्रतिबद्ध भए ।

यस्तै सोही स्थानमा आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि बजेट विनियोजन भईसकेको छ । ६ कठ्ठा बढि जग्गा रहेको सो स्थानमा स्वास्थ्य चौकी सहित बाल उद्यान निर्माण गर्ने योजना समेत रहेको वडाअध्यक्ष सिद्धिकीले बताए ।

सो अवसरमा नगर प्रमुख राणाले विकासको काममा स्थानीय बासिबाट निरन्तर सहयोगको अपेक्षा गरिएको बताए । अनुगमन टोलीमा वडा अध्यक्ष मोहम्मद अयुव सिद्धिकी सहित ईञ्जिनियर सुरज शर्मा, नक्सा शाखाका पवन भट्ट र नवराज अधिकारी रहेका थिए । भने अनुगमनलाई िनरन्तरता दिइनेछ ।