८१ हजारभन्दा बढि संक्रमित
नेपालगन्ज: विश्व स्वास्थ्य संगठनका अनुसार पहिलो पटक एक दिनमा चीन बाहिर चीनभन्दा बढीमा संक्रमित भेटिएका छन् । चीनमा बुधबार ४ सय १२ जनामा संक्रमण भएको पाइएको थियो भने चीन बाहिर बुधबार ४ सय ५९ जना नयाँ संक्रमित भेटिएका हुन् ।
हालसम्म चीनमा ७८ हजार ४ सय ९७ जनामा कोरोनाको संक्रमण भएको छ । भने चीनबाहिर तीन हजार २ सय २५ जना संक्रमित भएका छन् । विश्वभर ८१ हजार ७ सय २२ जनामा कोरोना संक्रमण भएको छ ।
त्यसैगरी चीनमा मात्र दुई हजार ७ सय ४४ जनाको मृत्यु भएको छ । भने चीन बाहिर ५७ गरी विश्वभर दुई हजार ८ सय १ जनाको मृत्यु भइसकेकोछ ।
कोरोना तीव्र रुपमा फैलिरहेकोले अमेरिका–दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास अर्को सूचना नआउञ्जेलसम्मका लागि स्थगित गरिएको छ । दक्षिण कोरियामा रहेका अमेरिका सेना र अन्य सदस्यहरुमा पनि कोरोनाको संक्रमण देखिएको सीएनएनले जनाएको छ ।
अधिकांश मुलुकहरुले दक्षिण कोरियाबाट हुने यात्रामाथि प्रतिबन्ध लगाइएको छ । अमेरिकाले उक्त मुलुकमा हुने यात्रालाई पुनर्विचार गर्न सुझाव दिएको छ ।
कोरोना भाइरसको संक्रमणबाट दक्षिण कोरियामा १३ जनाको मृत्यु भएको भइसकेकोछ भने एक हजार ५ सय ९५ जना संक्रमित भएका छन् । एकैदिनमा ३ सय ३४ जनामा संक्रमण भएको र एकजनाको मृत्यु भएको छ ।
यस्तै इटालीमा हालसम्म ४ सय जनामा संक्रमण भएको छ । जुन एसिया बारेको सबभन्दा धेरै प्रकोप भएको बताइएको छ । इटालीमा १० हजारभन्दा बढी नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ ।
इरानमा १९ जनाको मृत्यु भएको छ भने १ सय ३९ जना संक्रमित भएका छन् । यस साता मध्यपूर्वी मुलुकहरु कुवेत, बहराइन र लेबनानमा पनि कोरोना संक्रमित फेला परेका छन् ।