अल्पाइनले मनायो वार्षिक उत्सव


अल्पाइनले मनायो वार्षिक उत्सव

नेपालगन्ज :अल्पाइन म्यानेजमेन्ट कलेजले आफ्नो १० औँ वार्षिक उत्सव मनाएको छ । कलेज प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि वार्षिक उत्सव मनाइएको हो ।

औपचारिक उद्घाटन समारोह तथा सांस्कृतिककार्यक्रम गरेर कलेजले वार्षिक उत्सवमनाएको हो । कलेजका अध्यक्ष किरणबहादुर शाहको सभापतित्व भएको कार्यक्रममा प्रमुख अतिथी नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्सेर राणाले शिक्षा क्षेत्रमा कलेजले पु¥याएको योगदानको प्रंसशा गरे ।

उनले गुणस्तरीय शिक्षासगैं व्यवस्थापन संकायमा कलेजले खेलेको भूमिका अनुसरणीय रहेको बताए । कार्यक्रममा डिन लिष्टमा पर्न सफल विद्यार्थीहरु हिमालशर्मा , एलिजा श्रेष्ठ, नैना गुप्ता र अन्जली चौधरीलाई सम्मान गरिएको थियो । भने साथै निरन्तर दशवर्ष सम्म कलेजमा अध्यापन गराएका रमेश प्रसाद चौधरी र दमनध्वज डाँगीलाई सम्मान गरिएको थियो ।

कलेजका प्राचार्य केशव प्रसाद पथीकले स्वागत गर्दै कलेजको पृष्ठभुमी प्रकाश पारेका थिए । कार्यक्रममा कलेजका म्यानेजिङ डाइरेक्टर बेदराज केसी, संचालक संजय सिहं, वडा नम्बर १०का वडाअध्यक्ष विन्दुभुषण बस्नेत, अच्युत प्रसाई र प्रदिपचौधरी लगायतले शुभकामना ब्यक्त गरेका थिए । कलेजले हालसम्म बिबिए तर्फ २५० जना विद्यार्थी उत्र्तीण गराएको छ ।