अष्ट्रेलियामा रहेका प्रजातन्त्रप्रेमीलाई चार तारे झण्डामुनी ल्याउन सुझाव

सन्दर्भः नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया (एनपिसीसीए) को चौथो अधिबेशन


अष्ट्रेलियामा रहेका प्रजातन्त्रप्रेमीलाई चार तारे झण्डामुनी ल्याउन सुझाव

अष्ट्रेलिया: नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया(एनपिसीसीए)ले आफ्नो चौथो अधिबेशनलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्न तदारुक्ता देखाएको छ ।

एनपिसीसीएले अष्ट्रेलियामा रहेका नेपाली काँग्रेस निकट नेपालीहरुलाई बढीभन्दा बढी गोलबद्ध गर्दै भव्य र सभ्यरुपमा अधिबेशन सम्पन्न गर्नुपर्ने भन्दै गठित अधिबेशन सुझाव समितिले यस्तो सुझाव दिएको हो ।

सुझाव समितिका संयोजक गणेश केसीद्वारा हस्ताक्षरित विज्ञप्तीमा चारतारे झण्डा मुनी आबद्ध गराएर धेरे भन्दा धेरै प्रजातन्त्रप्रेमीलाई अधिबेशनमा सहभागिता गराउन सुझाव दिइएको छ ।

फेब्रुअरी १६ तारिख आईतबारका दिन गठित सुझाव समितिको बैठकले कसरी अधिबेशनलाई सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ भन्दै यसको ब्यापकता, भब्यताका लागि रचनात्मक विश्लेषण गरिएको समितिका संयोजक केसीले बताए । अष्ट्रेलियामा रहेका नेपालीको हकहितका लागि लागि परेका केसी एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष हुन् ।

१५ सदस्यिय सुझाव समितिको बैठकमा सवैको उपस्थिती हुन नसकेपछि ती सदस्यहरुसंग छलफल र सुझाव लिन तीन सदस्यीय समिति गठन गरिएको थियो । जसमा गणेश केसी, डाक्टर कृष्ण हमाल र डाक्टर डिल्ली बन्जाडेलाई राखिएकाछन् ।

यस्तै समितिको २३ फेब्रुअरी आईतबारका दिन बसेको बैठकले अधिबेशन सम्पन्न गर्न पाँच बुदेँ प्रतिवेदन तयार पारेकोछ । जसमा नेपाली काँग्रेस पार्टीले नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया(एनपिसीसीए)को चौथो अधिबेशनलाई स्वागत गरेकोछ ।

अधिबेशनमा अधिकतम सहमति र सहकार्य गर्दै संस्था र पार्टीको नीति, नियम र निर्देशनलाई अंगालेर पार्टी र संस्थाको हितमा काम गर्नुपर्ने सुझाव दिएको छ ।

अधिबेशनलाई अष्टे«लियाका सवै राज्य तथा क्षेत्रमा पु¥याउदै विधानसम्बत प्रतिनिधित्व गराउनुपर्ने, अधिबेशनका लागि बन्ने सबै खाले समितिहरुमा सबै स्टेटको सम्मानजनक प्रतिनिधीत्व गराउँदै पार्टी र संगठनमा लामो समयदेखि काम गर्दै आएकालाई प्राथमिकतामा राखेर कार्य सम्पादन गर्नुपर्ने र अष्ट्रेलियाका विभिन्न राज्यमा भएका प्रजातन्त्रप्रेमी तथा काँग्रेस समर्थित अष्ट्रेलियाबासी नेपालीलाई विभिन्न समितिमा राखी जिम्मेवारी दिनुपर्ने सुझाव सहितको प्रतिवेदन तयार गरेकोछ ।