नेपालगन्ज: थरुहट–थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको दुई दिने बन्दका कारण बाँकेसहित तराईको जनजीवन प्रभावित भएको छ । बन्दका कारण बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङसहितका तराईका जिल्लाहरुमा जनजीवन प्रभावित बनेकोछ ।
बन्दका कारण बाँकेबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने शैक्षिक संस्थाहरु समेत बन्द छन् । बजारहरु सामान्यरुपमा खुलेको र मोटरसाईकल, अटोरिक्साहरु भने निर्वाधरुपमा चलिरहेका छन् । मोर्चाले सरकारसँग १४ बुँदे माग राख्दै सरकारलाई दबाब दिन २० र २१ गते आमहड्तालको घोषणा गरेको थियो ।
यद्यपी बाँकेको नेपालगन्जमा थरुहटको बन्द आंशिक परेकोछ । फाट्टफुट्ट रुपमा नेपालगन्जका सामुदायिक तथा संस्थागत विद्यालय भने सञ्चालनम छन् ।