नेपालगन्ज: नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद एवंम नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष नीरजकुमार गौतमले राजिनामा दिएका छन् ।
लामो समयदेखि नेपाल प्रेस युनियनको सदस्य रही काम गरेका गौतमले युनियनको साधारण सदस्य समेत नरहने गरि राजिनामा दिएका हुन् ।
आफ्नो सामाजिक सञ्जाल फेसबुकवाल मार्फत बुधबार राजीनामा सार्वजनिक गरेका हुन् ।
उनले आफुले राजीनामा दिनु नितान्त ब्यक्तिगत भएको भन्दै कुनै आग्रह, पूर्वाग्रह नभएको स्पष्ट पारेकाछन् । उनले राजीनामामा भनेका छन्– संगठन सधै जीवन्त हुन्छ, युनियन पनि सधै जीवनन्त रहोस्, मेरो शुभकामना ।’ गौतम अगाडी थप्छन–‘आजसम्म युनियनले मलाई गरेको मायाप्रति सधै आभारी रहनेछु ।’
गौतमले सार्वजनिक गरेको राजीनामाका सन्र्दभमा बुझ्दा उनले –‘राजीनामा दिनु नितान्त व्यक्तिगत कारण रहेको प्रष्ट्याए ।’ सेतोखरीसंग कुरागर्दै उनले भने–‘यो या त्यो कुनैपनि आग्रह, पूर्वाग्रह छैन् । जसरी कुनै कर्मचारीले काम गर्छ र आफै छोड्छ त्यसैगरी यसलाई बुझ्नुस् ।’
यसैबीच, गौतमको राजीनामाका विषयमा नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले औपचारिक राजीनामा प्राप्त नभएको बताए ।
नेपाल प्रेस युनियन बाँके शाखाको ११ औं अधिबेशनबाट नयाँ नेतृत्व आएको १८ औं दिनमा युनियनका पुराना एवं अग्रजले राजीनामा दिएपछि फरक धारबाट विश्लेषण सुरु भएकोछ । नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिबेशन आगामी चैत्र २१ र २२ गते नेपालगन्जमा गरिदैछ ।