प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण


प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण

काठमाण्डौं: प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घण्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको हो ।

प्रत्यारोपण सफल भएसँगै उनलाई अहिले आईसीयूमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।

ओलीलाई उनकी भान्जीले मिर्गौला दिएकी हुन् । प्राध्यापक डाक्टर अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको छ ।

ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसले राम्रोसँग काम नगरेपछि कात्तिकबाट नियमित डायलासिस गर्न थालिएको थियो ।