‘मास्क’ मै कालोबजारी


‘मास्क’ मै कालोबजारी

नेपालगन्ज: बाँकेको नेपालगन्जमा केही सातादेखि माक्सको कालोबजारी भइरहेको छ । कोराना भाइसरले नेपाल पनि जोखिममा रहेको चर्चासँगै यहाँका माक्समा समेत कालोबजारी हुन थालेको हो ।

बजारमा पाइने मडिकल माक्स होलसेलमा दुई र बजारमा १० रूपैयाँमा यसअघि पाउने गरेको थियो । तर, कोरोनाको हल्लासँगै अहिले यहि माक्स प्रतिओटा २५ देखि ५० सम्ममा विक्रि भइरहेका छन् । चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका ७६ वटा देशमा फैलिसकेको छ ।

शुक्रबार विश्व स्वास्थ्य सङगठन ‘डब्लुएचओ’ले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको समेत बताएको छ । मानिसहरु सबै त्रासमा छन् । त्रासकै कारण आमनागरिक दुईमा पाईने माक्स ५० रूपैयाँ तिर्नबाध्य छन् ।

नेपालगन्जमा अहिले प्रति व्यवसायी करिब एक करोड बराबरको माक्स बिक्रि भएको खुलेको छ । यहाँका कर्णाली प्रदेशका साथै प्रदेश राजधानी वुटवलदेखि संघीय राजधानी काठमाडौसम्म जाने गरेको छ ।

कोरोनाको सम्भावित जोखिमबाट बच्ने भनेकै स्वास्थ्य सतर्कता अपनाउने हो । डिटोल जस्ता साबुन पानीले हात धुने, मास्क देखि ग्लोब्स लगाउनेसम्मका पूर्व सतर्कता अपनाउने हो । तर, बजारमा यतिबेला यी तीनवटै सामाग्रीको कृत्रिम अभाव सिर्जना गरिएको छ । जहाँ पाइएको छ, त्यो पनि महङ्गो मूल्यमा खरिद बिक्री भइरहेको उपभोक्ताहरुले गुनासो गरेका छन् । स्वास्थ्य संस्थामा यस्ता सामाग्रीको अभाव सिर्जना हुन थालेको छ ।

यसको प्रभावले नेपागन्जको बजारमा माक्सको कालोबजारी बढेको एक व्यवसायीले बताए । कोराना भाइरसको प्रकोपबाट बच्न माक्सको प्रयोग बढेसँगै बजारमा माक्स पाउन छोडेको छ । स्थानीय स्मृति डिसीकाअनुसार कम्पनीबाट नै ब्यापारीहरुले माक्स चीनमा निर्यात गर्ने भएकाले नेपाली बजारमा माक्सको अभाव भएको हो । बजारमा एक महिना अगाडि २ रुपैयाँ होलसेल खुद्रा मुल्यमा आउने माक्स अहिले ४० रुपैयाँ पुगेकोले पनि बजारमा यसको मुल्य बढाएर बेचिरहेका छन् ।

नेपालमा सामान्य अवस्थामा ३० प्रतिशत मानिसहरुले माक्सको प्रयोग गर्दै आएका छन । तर, कोरोना भाइरसको प्रभाव बढेपछि माक्स ८० प्रतिशत मानिसहरुले प्रयोग गर्ने लागेकाले पनि बजारमा माक्सको अभाव भएको औषधी विभागले जनाएको छ ।