कोहलपुर :शिक्षक नियुक्ती तथा जिम्मेवारी बाँडफाँडमा क्याम्पस स्वेच्छाचारी र अपारदर्शीरुपमा अघि बढेको भन्दै प्राध्यापकहरुले विरोध गरेका छन् ।
बाँकेको कोहलपुर स्थित बहुमुखी क्याम्पसले विभिन्न शिक्षण समितिका अध्यक्षहरुको सिफारिस तथा नियुक्ति गरेको विषयमा बुधबार विभिन्न प्राध्यापक समितिहरुले विज्ञप्ती जारी गर्दै विरोध गरेको हो । यसअघि क्याम्पसका विभिन्न प्राध्यापक समितिले गत माघ १० गते १३ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएको थियो ।
सो बेला गरिएको सहमति विरुद्ध क्याम्पसले स्वेच्छाचारीढंगले आफूखुसी विभिन्न समिति तथा संकायमा सिफारिस र नियुक्त गरेको बुधबार जारी विज्ञप्तीमा उल्लेखछ । क्याप्पस प्रमुखले गर्ने शैक्षिक, प्रशासनिक, आर्थिक निर्णय तथा गतिविधिहरु पारदर्शी र सहभागितामुलक हुनुपर्नेमा त्यसो नभएको भन्दै प्राध्यापकहरुले विरोध गरेका हुन् ।
नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष ललित प्रकाश चन्द, प्रजातान्त्रिकबादी प्राध्यापक संघका अध्यक्ष टेकेन्द्रक कुमार महतरा, नेपाल प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष तोयानाथ पहाडी र प्राध्यापक तथा कर्मचारी हित सरोकार समितिका अध्यक्ष ज्ञानेन्द्र शाहीले संयुक्तरुपमा विज्ञप्ती जारी गरेका हुन् ।
क्याम्पसले पूर्व शिक्षण समिति अध्यक्षको अपमान हुने गरि भएको नियुक्ति क्याम्पस प्रमुखले कयौं दिनसम्म गुपचुप राखि वितरण नगरेको भन्दै यी सवै काम विधिविधान विपरित भएको प्राध्यापक समितिले ठहर गरेकोछ ।
क्याम्पस प्रमुखको गतिविधिले समग्र क्याम्पसको गतिविधि अस्तव्यस्त भएको भन्दै यथासक्य क्याम्पस प्रमुखले आफ्नो कार्यशैली नसुधारे कडा आन्दोलन गर्ने समेत चेतावनी दिदै त्यसपछि उत्पन्न परिस्थिीको जिम्मेवारी क्याम्पस हुने विज्ञप्तीमा जनाइएकोछ ।