संघ कार्यसमितिलाई औषधी ब्यवसायीको स्वागत


संघ कार्यसमितिलाई औषधी ब्यवसायीको स्वागत

नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गरिएकोछ । नेपाल औषधी व्यवसायी संघ बाकेले एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गरेको हो ।

जिल्ला शाखा अध्यक्ष वसन्त शर्माको अध्यक्षता सप्पन्न स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले धन्यबाद दिएका थिए ।

उनले औषधी व्यवसायी संघलाई वस्तुगतमा आबद्ध हुन आह्वान गर्दै संघले सक्दो सहयोग गर्ने बताए । यस्तै नेपाल औषधी व्यवसायी संघका अध्यक्ष शर्माले व्यापारको प्रकृति फरक भए पनि समस्या र पीडा उस्तै रहेको बताए । उनले भने–‘औषधी व्यवसायीका पसल अनुगमनका क्रममा प्रहरीका साथ आउने निरीक्षण टिमले मानसिक रूपमा पीडित भएको बताए ।’ उनले अगाडी थप्दै भने–‘यस्ता गतिविधिलाई निरुत्साहित गर्न बाणिज्य संघले आवश्यक पहल गर्नुपर्ने माग गरे ।’

औषधी व्यवसायी संघका जिल्ला महासचिव जीवन शर्माद्वारा सञ्चालित उक्त स्वागत तथा सम्मानकार्यक्रममा कोरोना भाइरसबाट बच्न सवै संवेदनशील भएर अघि बढ्नुपर्ने बताए ।

औषधी व्यवसायीका सचवि प्रदीप शाहले संघको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै शुभकामना ब्यक्त गरेका थिए । यस्तै औषधी व्यवसायी संघका केन्द्रीय सदस्य कृष्ण रोकाय, अञ्चल अध्यक्ष अभय बस्नेत, उपाध्यक्ष सुदीप खड्का, सदस्य सरला बिष्ट लगायत जिल्ला कार्य समिति उपाध्यक्ष पवन बानियाँ कोषाध्यक्ष लेखनाथ बगाले, सदस्य सन्तोष सिंह , मोहम्मद जियाउल हकले नवनिर्वाचित कार्यसमितिलाई सामुहिकरुपमा फुलको माला, दोसल्ला र सम्मान पत्र प्रदान गरेका थिए ।